नागरिक उन्मुक्तिले बोलायो संसदीय दलको बैठक

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको बैठक बोलाएको छ । सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय लिन नाउपाले दलको बैठक बोलाएको हो ।

नाउपाले आइतबार (आज) दिउँसो २ बजे प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो ।

बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्ने विषयमा निर्णय गर्ने आर्थिक मामिलामन्त्री समेत रहेका दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

राजनीति समाचार