हेटौंडामा निःशुल्क स्वास्थ्य परीक्षण, ३३१ जनाले लिए सेवा

बागमती प्रदेशको राजधानी हेटौंडामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ थानाभर्याङले शनिबार आयोजना गरेको हो ।

मकवानपुर सहकारी अस्पतालसँग सहकार्य गरी सञ्चालित उक्त शिविरमा ३३१ जनाले सेवा लिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, शिविरमा मकवानपुर सहकारी अस्पतालका डा.सुन्दर श्रेष्ठ, डा. हरिबहादुर खड्का, डा.कमल दवाडी, डा.राघवेन्द्र ठाकुरलगायत स्वास्थ्यकर्मीको टिमले बिरामीको स्वास्थ्य चेकजाँच गरेका थिए ।

शिविरमा स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

शिविर कार्यक्रम सामुदायिक सेवा केन्द्र थानाभर्याङका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षता एवम् बागमती प्रदेश प्रहरी नायव महानिरीक्षक विष्णुकुमार केसीको प्रमुख आतिथ्यतामा भएको हो ।

समाचार समाज