यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज दिउँसा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनुका साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनुका साथै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

समाचार समाज