चितवनमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु

चिवतन । चितवनमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका–६, जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु भएको हो ।

टायर पञ्चर भएर रोकिरहेको ना ६ ख ३२८० नम्बरको ट्रकमा रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बस ठोक्किंदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा ट्रक चालक पर्सा वीरगंज महानगरपालिका–२३ बस्ने ३३ वर्षको हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बर नाथ कुमार र भारत बिहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रीता गुप्ता रहेका छन् ।

उनीहरु सबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको र प्रहरीले बस चालक नवलपरासी (सुस्तापुर्व) कावासोती नगरपालिका–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार समाज स्थानीय