प्रतिनिधिसभा सदस्य अन्सारीको निधन

हेटौंडा । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधन भएको छ । अन्सारीको उपचारका क्रममा आइतबार बिहान मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।
हृदयाघातका कारण उनको निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी ०७९ चैत १९ गते जसपाबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि जसपाले उनलाई सांसद बनाएको थियो ।

 

 

मुख्य समाचार राजनीति समाचार