४ सय ६४ जनाले गराए निःशुल्क आँखा परीक्षण

मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न वडाहरुमा गरिएको निःशुल्क आँखा परीक्षणमा ४ सय ६४ जनाले सेवा लिएका छन् ।

शनिबार र आइतबार गरी दुई दिन आयोजना गरिएको आँखा शिविरमा उनीहरुको निःशुल्क आँखा जाँच गराएका हुन् ।

आँखा शिविर मनहरी गाउँपालिकाको आयोजना र हेटौँडा सामुदायीक आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको हो ।

शिविर शनिबार मनहरी–२ शिविर र आइतबार वडा नम्बर ८ मा आयोजना गरिएको हो ।

शनिबार भएको शिविरमा २ सय ३३ जना र आइतबार भएको शिविरमा २ सय ३१ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।

मनहरी–२ मा आयोजित शिविरमा २४ जना र मनहरी–८ मा आयोजित शिविरमा १५ जनामा मोतिविन्दुका बिरामी देखा परेको स्वास्थ्य शाखा प्रमुख दाहालले बताए ।

मोतिविन्दुको समस्या भएकाहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उनको भनाई छ ।

समाचार स्थानीय स्वास्थ्य