राजस्व कार्यालय हेटौंडाद्वारा साढे ४ अर्ब माथिको राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय, हेटौंडाले साढे ४ अर्बमाथिको राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिना बाँकी हुँदा सो रकम बराबरको राजस्व संकलन गरेको हो ।

कार्यालयले गत साउनदेखि फागुन मसान्तसम्ममा ४ अर्ब ५ करोड ३८ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

कार्यालयको कुल राजस्व सङ्कलन लक्ष्य पाँच अर्ब ३५ करोड ९६ लाख तीन हजार रुपैयाँ रहेकोमा फागुन मसान्तसम्ममा ७५ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले सो अवधिमा अवधिमा आय कर बापत ६४ करोड २२ लाख ६२ हजार, घर बहाल करबापत एक करोड आठ लाख १७ हजार, ब्याज कर ५ करोड १२ लाख १८ हजार, मूल्य अभिवृद्धि कर ७१ करोड ४५ लाख ५५ हजार, अन्तः शुल्क दुई अर्ब २३ करोड ५० लाख ४८ हजार, स्वास्थ्य सेवा कर ३९ करोड ९९ लाख ५६ हजार र अन्य कर १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

मुख्य समाचार समाचार