आज मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाले आज मौसम सफा रहने जनाएको छ ।

महाशाखाले सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको हो ।

साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका भनाई छ ।

समाज