प्रतिनिधिसभामा अर्थमन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने

 काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भएको हो ।
प्रतिनिधि सभा बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर रहनेछ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ. एस. ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव माथिको छलफलको क्रममा उठेका प्रश्नको अर्थमन्त्रीबाट जवाफ दिने र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेका विषयवस्तु समावेश भएको प्रतिवेदन सम्बन्धित निकाय पठाउने कार्यसूची छ ।

 

राजनीति समाचार