बडिगार्ड पक्राउ परेपछि सर्वोच्च पुगे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्ना बडिगार्डहरू पक्राउ परेपछि सर्वोच्च अदालत पुगेका छन् । प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता गरेको अदालत प्रशासनले जनाएको छ । सोमबार हतियारसहित सर्वोच्चमा प्रवेश गरेका प्रसाईंका दुई बडिगार्ड पक्राउ परेका थिए । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिमाल छन् ।

बडीगार्ड लिएर दुर्गा प्रसाईंको रवाफ, सोखका लागि वैध हतियार बोकेर अवैध गतिविधि प्रारम्भिक सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ । प्रसाईंले इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पक्राउ गरिएको भन्दै तत्काल थुनामुक्त गर्न माग गरेका छन् ।

मुख्य समाचार राजनीति समाचार