सभामुख घिमिरे नेतृत्वको १० सदस्यीय टोली स्विजरल्यान्ड प्रस्थान

हेटौंडा । इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू)को सम्मेलनमा भाग लिन सभामुख देवराज घिमिरे नेतृत्वको टोली बिहीबार राति स्विजरल्यान्ड प्रस्थान गरेको छ ।
आईपीयूको १४८औँ महासभामा भाग लिन राजनीतिक दलका प्रमुख सचेतकसहित १० जनाको टोली लिएर सभामुख स्विजरल्यान्ड प्रस्थान गरेका हुन् । आईपीयू महासभा चैत १० देखि १४ सम्म स्विजरल्यान्डको जेनेभामा हुँदै छ ।
टोलीमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायत छन् ।
सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक चैत १८ गतेसम्म स्थगित गरेका छन् ।

मुख्य समाचार राजनीति समाचार