नाउपाले बोलायो संस्थापक र सांसदहरूको बैठक

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संस्थापक र सांसदहरुको बैठक आह्वान गरेको छ ।

नाउपाले संघीय सरकारमा सहभागितासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबारे निर्णय गर्न आज बैठक बोलाएको हो ।

जसअनुसार, अहिले बिहान ९ बजे २१ जना संस्थापकहरूको बैठक बस्दैछ । संथापकहरु सहितको सांसदहरूको बैठक भने दिउँसो बस्ने भएको पार्टीका नेता दामोदर पण्डितले जानकारी दिए ।

बैठकले संघीय सरकार, लुम्बिनी र सुदूरपश्चिम सरकारबारे आगामी मार्ग तय गर्ने बताइएको छ ।

मुख्य समाचार राजनीति समाचार