टोल बिकास संस्थाको क्षमता विकास तालिम सुरु

हेटौंडा / हेटौंडामा टोलविकास संस्थाका पदाधिकारीहरुको लागि तेश्रो चरणको क्षमता विकास तथा लेखा व्यवस्थापन तालिमको आयोजना गरिएको  छ ।

टोल बिकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा १९ मा गठित टोल बिकास संस्थाहरुको लागि आयोजना गरिएको ३ दिने तालिममा  ५० जना सहभागी छन ।

टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिब र  कोषाध्यक्षहरुका लागि लक्षित गरी तालिम आयोजना गरिएको नगर समन्वय समितीका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो ।

नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा भएको तालिमको उद्घाटनमा हेटौंडा-१९ का वडा अध्यक्ष नरनाथ सुबेदीको प्रमुख आतिथ्यता थियो ।

सान्नानीटार सामुदायिक भवनको सभाहलमा भएको तालिम उद्घाटनमा टोलविकास संस्था नगर समन्वय समिति महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सदस्यहरु श्यामकुमार रिमाल र अन्जु पन्डित, टोविस वडा समन्वय समिति अध्यक्ष देबेन्द्र अर्याल कार्यालय सचिब इशा शर्मा लगायतको आतिथ्यता थियो । तालिममा शिवहरि दाहाल र देवकुमार श्रेष्ठलगायतले सहजीकरण गरिरहेका छन ।

मुख्य समाचार समाज स्थानीय