आज मौसम आंशिक बदली रहने

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर मौसम आंशिक बदली रहने जनाएको छ ।

स्थानीय वायु र मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको प्रभावका कारण मौसममा बदली रहने जनाएको हो ।

महाशाखाका अनुसार, आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको रहेको जनाइएको छ ।

समाचार समाज