टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिए।
स्वास्थ्यस्थितिको ४८ घण्टा अध्ययन गर्दा सामान्य देखिएकाले डिस्चार्ज गरिएको जनाइएको छ ।
मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो।

मुख्य समाचार राजनीति समाचार