प्रदेशसभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याइने :सभामुख पाठक

सौराहा।  बागमती प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले बागमती प्रदेशसभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याउने कार्यको थालनी भएको बताएका छन्।

बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमलाई समापनको क्रममा सभामुख पाठकले यसो बताएका हुन्। समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशसभाको सूचना संकलनमा पत्रकारलाई सहज बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्।सभामुख पाठकले प्रदेशसभा पारदर्शी रहदा संसद र सांसद सचेत रहने र उचित विषयको उठान हुने कुरामा आफू विश्वस्त रहेको बताए।

“सामाजिक संजालले हालको पत्रकारितालाई चुनौती थपेको र इतिहास बोकेका मिडियाको अस्तित्व धरापमा पारेर छ, अहिले सबैभन्दा शक्तिशाली इन्टरनेट रहेको छ, इन्टरनेट बन्द हुदा सबै क्षेत्र प्रभावित रहनेछ”। – सभामुख पाठकले भने।

बागमती प्रदेशसभाको आयोजनामा २ दिन सम्म चलेको अन्तरक्रिया कार्यक्रममा २ दर्जन भन्दा बढी संसदीय क्षेत्रमा कलम चलाउदै आएका पत्रकारहरूको सहभागिता रहेको थियो। अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभाका पूर्व सचिव राजेन्द्र फुयाल र संसदीय पत्रकार हरि बहादुर थापाको प्रस्तुतिकरण रहेको थियो।

 

राजनीति समाचार