प्रतिनिधि सभाको बैठक चैत १८ देखि २१ गतेसम्म लगातार बस्ने

प्रतिनिधि सभाको बैठक चैत १८ गतेदेखि २१ गतेसम्म लगातार बस्ने भएको छ ।

शनिबार बिहान सिंहदरबारमा बसेको सभामुख देवराज घिमिरे, विभिन्न दलका प्रमुख सचेतक र सचेतकबीच बसेको बैठकले उक्त कार्यतालिका तयार गरेको नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले जानकारी दिइन् ।

उनका अनुसार, आइतबार ११ बजे बस्ने गरी प्रतिनिधि सभा बैठक आह्वान गरिएको छ ।

त्यसअघि बिहान सवा १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय भएको जनाइएको छ ।

मुख्य समाचार राजनीति समाचार