सदस्यता टुङ्गो लगाएर मात्र अधिवेशन गर्न युनियनको माग

महासंघ मकवानपुरले चैत २५ गतेका लागि साधारणसभा तोकेको थियो । युनियन जिल्ला अध्यक्ष सुवास विडारीले मंगलबार महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमलाई ज्ञापन पत्र बुझाउँदै महासंघले सदस्यता टुंगो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाएका छन् । युनियन केन्द्रीय समितिको हालै सुनसरीमा सम्पन्न बैठकले महासंघको साधारणसभाको विषयमा असहमति जनाउँदै सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।‘सदस्यता टुंगो नलगाई अधिवेशन गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ मकवानपुर नै हुने हाम्रो ठहर छ ।’, युनियनले बुझाएको विज्ञप्तिमा भनिएको छ । ‘महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा युनियन मकवानपुरको पूर्ण साथ सहयोग छ । तर, महासंघ मकवानपुरले सदस्यता शुद्दीकरण तथा नयाँ सदस्यता थप गर्ने सन्दर्भमा सञ्चारकर्मीमा क्रियाशील सञ्चारकर्मीहरुलाई नै सदस्यताबाट बञ्चित हुनेगरी सिफारिस गरी पठाएकोमा हाम्रो गम्भीर आपत्ति रहँदै आएको छ ।’, विडारीले भने ।-hetaudatoday

 

मुख्य समाचार समाचार