राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने

राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने भएको छ ।

बुधबार बसेको पदाधिकारी बैठकबाट उक्त निर्णय भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले राप्रपा बिना सरकारनै नबन्ने परिस्थिति बनेमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने र गर्नै परेमा विपक्षी गठबन्धनलाई दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले अब राप्रपासँग कांग्रेसले साथ मागेमा छलफल गरेर उपयुक्त निर्णय लिइने बताए ।

मुख्य समाचार राजनीति समाचार