गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

उनले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

गत फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो ।

तर, पाण्डेले विश्वास मत नलिई पदबाट राजीनामा दिएका हुन् ।

गण्डकी प्रदेश सभामा ६० सदस्यी रहेका छन् ।

गण्डकी प्रदेश प्रदेश समाचार राजनीति समाचार