सुदूरपश्चिम प्रदेशः मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेद्वारा ह्वीप जारी

धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

प्रदेश संसदीय दलको आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए । तर, प्रदेश सभाको बैठक दुई घण्टाका लागि स्थगित गरिएको छ ।

मुख्य समाचार राजनीति