मकवानपुरमा स्कुटर दुर्घटना हुँदा चालक घाइते

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

जिल्लाको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं.२ हेवीमा बागमती प्रदेश ०२–०३८ प ५७७६ नम्बरको स्कुटर आफै अनियन्त्रित भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालक घाइते भएका हुन् ।

घाइते हुनेमा स्कुटर चालक काठमाडौं महानगरपालिका वडा नं.१३ सोल्टिमोड बस्ने २५ वर्षीय सुनिल गुरुङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त स्कुटर हेटौंडाबाट काठमाडौंतर्फ थियो । दुर्घटनामा परेर बायाँ हातमा चोट लागेको उनको खनिखेत स्वास्थ्य चौकीमा उपचार गरेको जनाइएको छ ।

समाचार समाज