गायक राजेशपायल राईसहित तीन कलाकार पक्राउ

मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले गायक राजेशपायल राईसहित तीन जना कलाकारलाई पक्राउ गरेको छ ।

उनीहरुलाई गएराति काठमाडौंको थापागाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ ।

प्रहरीका अनुसार, मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो ।

समाचार समाज