आज इस्लाम धर्मावलम्बीको महान् पर्व इद मनाइँदै

आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद उल फित्र’ मनाइँदैछ ।

यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मावलम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् ।

रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।

चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात् व्रत बसिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका धर्मावलम्बीहरु दिनमा भने निराहार बस्छन् ।

बिहानको समयमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहार बस्ने व्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने प्रचलन छ ।

मुख्य समाचार समाचार