कतारका अमिर शेख नेपाल आउँदै

कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् ।

अमिर शेख यही अप्रिल २३ र २४ गरी दुई दिने भ्रमणका लागि नेपाल आउने भएका हुन् । यद्यपि नेपाल सरकारले आधिकारिक घोषणा भने गरेको छैन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्रालयमा तयारी चलिरहेको बताउँदै औपचारिक मिति तय नभएको बताए ।

मुख्य समाचार राजनीति समाचार