हेटौंडाबाट लागूऔषधसहित युवक पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट प्रहरीले आइतबार एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ८, कुनाले बस्ने २६ वर्षीय दिपक चेपाङ रहेका छन् ।

उनलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले लागूऔषध गाँजा ५ किलो २ ग्रामसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, ना.७ ख ९०३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।

मुख्य समाचार समाचार समाज