हेटौंडामा चट्याङ लागेर एक जना घाइते

मकवानपुरको हेटौंडामा सोमबार चट्याङ लागेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वरल १५, पदमपोखरी चक्रिय विकास टोल बस्ने ६६ बर्षीया ठुलीमाया वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार दिउँसो साढे २ बजेको समयमा आफ्नै घरमा बस्दै गरेको अवस्थामा अचानक चट्याङ लाग्दा उनी घाइते भएकी हुन् ।

चट्याङ लागेर टाउकोमा चोट लागेको उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय