एमालेको प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुँदैछ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनसम्म संचालन हुने प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुन लागेको हो ।

बैठकको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यसूची रहेको छ ।

बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, र केन्द्रीय पदाधिकारी गरी २ हजार ४५४ जना सहभागी हुने जनाइएको छ ।

उक्त बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् ।

त्यस्तै, लेखा र निर्वाचन आयोगका प्रतिवेदन पनि पेस हुनेछन् । बैठकले पार्टीको समग्र कामको समीक्षा र आवश्यक निर्देशन दिने एमालेले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार