मकवानपुरगढी-८ बुढीचौर स्थित मानव कंकाल फेला

टौंडा । मकवानपुरगढीमा मानव कंकाल फेला परेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ बुढीचौर स्थित आलखोला जंगलमा घाँस काटन गएका स्थानियहरुले मृत मानिसको कंकाल फेला पारेका हुन् । कसको सबको कंकाल भन्ने जानकारीमा नआएको र मृत मानिसको कंकाल रहेकोले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घटनास्थल मुचुल्का लगाएतको कानुनी प्रकृया भईरहको छ । स्थानियहरु संग बुझ्दा,उक्त वडा एरियाका कोही मानिस हराई बेपत्ता नरहेको र कपडा तथा कपाल हेर्दा पुरुष ब्यक्तीको कंकाल जस्तो देखीएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय