बागमती प्रदेशका १२ सय जनामा अटिजम सम्बन्धि समस्या

बागमती प्रदेशका १२ सय जनामा अटिजम सम्बन्धि समस्या रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार, प्रदेशको १३ जिल्लामा एक हजार २५३ जनामा अटिजम सम्बन्धि समस्या रहेको पाइएको हो ।

तीमध्ये सबैभन्दा धेरै अटिजमका बिरामी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम रसुवा जिल्लामा रहेका छन् । त्यहाँ क्रमशः ४९५ जना र १७ जनाअटिजम सम्बन्धि समस्या रहेका छन् ।

यसैगरी, चितवनमा ११३ जना, ललितपुरमा ८३, भक्तपुरमा ७८, मकवानपुरमा ७७, काभ्रेपलान्चोकमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुली जिल्लामा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३, रामेछापमा २८ जना अटिजम भएको पाइएको छ ।

अटिजमलाई एक जटिल प्रकारको मस्तिष्कको विकासात्मक तथा जन्मजात अपाङ्गताको रुपमा मानिन्छ ।

शारीरिक रूपमा अपाङ्गता स्पष्ट नहुने र व्यावहारिक रूपमा मात्र चिनिने भएकोले यो अवस्था सानो उमेरमा पत्ता लगाउन समस्या हुने गर्दछ ।

आँखामा आँखा जुधाउने नसक्ने, एक्लै बस्न रुचाउने, बोलेर आफूलाई लागेको कुराहरु व्यक्त गर्न नसक्ने, शब्द वा वाक्यहरु दोहोर्याउने र फरक ढङ्गबाट स्नायुजन्य प्रतिक्रियाहरु देखाउने खालका व्यवहारहरु अटिजमका लक्षणहरु हुन् ।

प्रदेश समाचार बागमती प्रदेश मनोरञ्जन समाचार स्थानीय स्वास्थ्य