नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आह्वान गरिएको छ ।

बैठक यही वैशाख २६ गते बस्ने गरी आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न उक्त बैठक आह्वान गरिएको उनले बताए ।

उनका अनुसार, बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ ।

महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका सङ्गठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने नेता गौतमले बताए ।

मुख्य समाचार राजनीति समाचार