बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान

बझाङको प्रदेश सभा १ (क) मा सम्पन्न उपचुनावमा ५० प्रतिशतको हाराहारीमा मतदान भएको छ ।

आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ५० प्रतिशत हाराहारीमा मत खसेकाे प्रारम्भिक जानकारी आएकाे मुख्य निर्वाचन अधिकारी सुदर्शन लामिछानेले बताउनुभयो । बझाङ प्रदेश सभा १ (क) मा मतदाताकाे सङ्ख्या ६१ हजार सात सय ४८ रहेकाे छ ।

बझाङमा मतदान केन्द्रहरू दुर्गम स्थानमा पनि रहेकाले मतपेटिका ढुवानीमा समय लाग्ने भएकोले भोलि बिहानसम्म मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठकबाट निर्णय गरेर गणना शुरु गर्ने मुख्य निर्वाचन अधिकारी लामिछानेले बताउनुभयो ।

यसअघि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा ज्यान गएपछि त्यहाँ उपचुनाव भएका हो ।

मुख्य समाचार राजनीति समाचार