हेटौंडा–१ बाट अंजली घलानसहित चार जना पक्राउ

मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित आइतबार चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा–१ चौकीटोलबाट लागूऔषध खैरो हेरोइन करिब १ ग्राम २०० मिलिग्रामसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका–६ घर भई हाल हेटौंडा–१, चौकीटोल बस्ने २२ वर्षीया अंजली घलान समेत ४ जना रहेका छन् । प्रहरीले पक्राउ परेका अन्यको नाम भने खुलाएको छैन ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अंजलीको कोठा तलासी गर्दा उक्त लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

समाचार समाज स्थानीय