बागमतीका सभामुख पाठकद्वारा शुक्रबार सर्वदलीय बैठक आह्वान

बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभामुख पाठकले यही वैशाख २१ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार, बैठकमा संसदीय समितिको सभापतिको निर्वाचन, बजेट अधिवेशन लगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरुको सहभागीता रहने जनाइएको छ ।

प्रदेश सभाको बैठक यसअघि गत चैत्र १९ गते बसेको थियो । सो बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कटेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालको लागि स्थगित भएको प्रदेश सभाको चालु १३ औँ अधिवेशन यही वैशाख १२ गते बुधबार राति १२ बजेदेखि अन्त्य गरिएको थियो

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार