बागमती प्रदेशको राजधानी हेटौंडामा कृषि उत्पादन तथा सँस्कृति प्रर्वद्धन मेला २०८१ हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, नागस्वती युथ क्लबले आयोजना गर्न लागेको उक्त मेलाबारे सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।
मेला यही वैशाख १९ गतेदेखि ३० गतेसम्म संचालन हुने आयोजक क्लबका अध्यक्ष अमर गुरुङले जानकारी दिए ।
मेलामा स्थानीय कृषि उत्पादनलाई जोड दिइने उनको भनाई छ । अध्यक्ष गुरुङले उक्त मेलामा होटल तथा खानाको स्टल १५ वटा रहने र रिक स्टलहरु ५० वटा राखिने बताए ।
साथै उक्त मेलामा प्रताप दास, प्रिती आलेमगर, रचना रिमाल, ज्योति मगर, सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने समेत उनले बताए ।
मेला अवलोकन गर्नका लागि १०० रुपैंया टिकट शूल्क लाग्ने आयोजकले जनाएको छ ।