ईलाममा जित नजिक एमालेका सुहाङ नेम्वाङ

१८ बैशाख २०८१ ईलाम २ मा बैशाख १५ मा भएको प्रतिनिधि सभा उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङले २६ हजार ४० मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उमेदवार डम्बरबहादुर खड्काले २० हजार १६ मत ल्याई दोस्रो स्थानमा रहेका छन् । सुहाङ डम्बरबहादुर भन्दा ६ हजार २४ मतले अगाडी छन् ।

यसैगरी पहिचानवादीका तर्फबाट स्वतन्त्र उमेदवार डकेन्द्र सिंह लिम्बुले ११ हजार २२३ मत ल्याई तेस्रो स्थानमा रहेका छन् ।

मतगणना अन्तिम चरणमा रहेकाले सुहाङको जित सुनिश्चित जस्तै भएको छ । मतगणना अझै जारी छ ।

मुख्य समाचार राजनीति