देशको ४३६ स्थानमा डढेलो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशको चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको जनाएको छ ।

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माका अनुसार, लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको हो ।

कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका देशको ५३ जिल्लाका विभिन्न स्थानमा डढेलो लागेको छ ।

मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनको भनाई छ ।

मुख्य समाचार समाचार समाज