सडक भत्किएपछि मर्मतका लागि कान्ति लोकपथ बन्द

काठमाण्डौलाई हेटौँडामा जोड्ने छोटो दुरीको सडक कान्ति लोकपथ बन्द भएको छ । मर्मतका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्ति लोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताउनुभयो ।

काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याबिन वाल पूर्णरूपमा क्षति भएको छ । भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याबिन वालमा क्षति भएकाले सडकमा गाडी सञ्चालन हुनसक्ने अवस्था नरहेको भन्दै अर्को सूचना नभएसम्म यो सडक बन्द रहने इन्जिनियर महर्जनले बताउनुभयो ।

मर्मतका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको याे सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै गाडी आवतजावतका लागि खुला गरिएको थियो ।

मुख्य समाचार समाचार समाज