निमावि शिक्षकको सामान्यतर्फको नतिजा प्रकाशित

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको वैशाख ८ मा सञ्चालन गरेको परीक्षाको नतिजा शनिबार प्रकाशित गरेको हो ।

प्रकाशित नतिजा अनुसार कोशी प्रदेशमा १४ हजार ६७७ सहभागीमध्ये ३ हजार ७४३ जना, मधेश प्रदेशमा ४ हजार ५८५ सहभागीमध्ये १ हजार १९७ जना, बागमती प्रदेशमा १२ हजार ५०६ परीक्षार्थीमध्ये ३ हजार ८३२ जना लिखित परीक्षा उत्तीर्ण भएका छन् ।

त्यस्तै, गण्डकी प्रदेशका ११ हजार ९४५ परीक्षार्थीमध्ये ३ हजार ५३४ जना, लुम्बिनी प्रदेशका १० हजार २७१ परीक्षार्थीमध्ये २ हजार ८२० जना, कर्णाली प्रदेशका २ हजार ६४१ परीक्षार्थीमध्ये ६८७ जना र सुदूरपश्चिम प्रदेशका ६ हजार ९०९ परीक्षार्थीमध्ये १ हजार ७९६ जन लिखित परीक्षा उत्तीर्ण भएका छन् ।

उत्तीर्ण उम्मेदवारको विषयगत लिखित परीक्षा ८ भदौमा हुने जनाइएको छ ।

मुख्य समाचार शिक्षा समाचार समाज