सरकारलाई पूरा अवधि चलाउने प्रधानमन्त्री प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् ।

सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन् ।

उनले भने, ‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, दुविधा नरहोस् ।’

प्रचण्डले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम भएको दाबी गरेका छन् ।

मुख्य समाचार राजनीति समाचार