मकवानपुरको ईन्द्रसरोवमा सवारी दुर्घटना, तीन जना घाइते

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ सुकौरामा सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी काठमाण्डौ सडक खण्डमा बाराबाट काठमाण्डौ तर्फ जादै गरेको मधेश प्रदेश ०४–००१ च ०१४० नंबरको माछा लोड योद्धा गाडी आफै अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा ३ जना घाइते भएका हुन् ।

गाडी खोल्सामा खस्न गई दुर्घटना हुदाँ योद्धा गाडी चालक पर्षा बिरगंज महाँनगरपालिका वडा नम्बर–१९ विभाद बस्ने २२ वर्षिय धनेश राम, सहचालक
बारा कलैया नगरपालिका–१६ मझैलिया सोरा बस्ने २७ वर्षका छोटेलाल मोहरा र ४५ वर्षका तपसी मोहरा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । सबै घाईतेहरुलाई उपचारको लागी ट्रमा सेण्टर काठमाण्डौ पठाएको,योद्धा गाडी घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय