पानी परेपछी मकवानपुरका किसानलाई राहत

हेटौंडा । लामो समय सम्म सुख्खायामको समयका कारण समस्या बेहोर्दै आएका मकवानपुरका किसानले राहत पाएका छन् । गएराती पानी परेपछी खेतबारीमा लगाइएको अन्नबाली र तरकाी बालिमा राहत मिलेको किसानहरु बताउँछन् ।

खडेरीका कारण बारी र खेतमा लगाइएको अन्नबाली र तरकारी सुकेको भएपनि अब गएराती परेको पानीले निकै सहज भएको मकवानपुरगढी गाउँपालिकाका किसान हेमराज तिमल्सीना बताउनुहुन्छ ।

लामो खडेरीका कारण खोलाको पानी पनि सुकेको र केही स्थानमा पानी भएपनि त्यही पानी खेतमा लगाउनका लागि पालो नपाउँदा थप समस्या परेपनि अब भने सहज भएको किसानहरु बताउँछन् । पानी परेपछी अहिले खडेरीको समस्याबाट मुक्त भएपनि फेरी अली ठुलो पानी नपर्नेहो भने थप समस्या हुने उनीहरुको भनाइ छ ।

समाचार समाज स्थानीय