बागमती प्रदेशः दुई समितिको बैठक आह्वान

। बागमती प्रदेश सभा अन्तर्गतको दुई वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ ।

प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक आह्वान गरिएको हो ।

बैठक आज दिउँसो १ बजे प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो ।

उद्योग पर्यटन तथा वातावरण समितिको बैठकमा प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ र सचिवको उपस्थितिमा प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथिको दफावार छलफल हुने जनाइएको छ ।

यसैगरी, शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकमा विभिन्न तीन वटा विधेयकमाथि छलफल हुनेछ । जसमा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० रहेका छन् ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति