कोशी प्रदेशका मुख्यमन्त्री न्याय माग्न अदालत जाँदै

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की न्याय माग्न अदालत जाने भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेलगत्तै मुख्यमन्त्री कार्की सर्वोच्च अदालतमा रिट दायर गर्न बिहीबार बिहानै काठमाडौं पुगेका छन् ।

कार्कीले फस्टआवरमा नै रिट दर्ता गर्ने उनका प्रेस सल्लाहकार देवनारायण साहले पुष्टी गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गरेका छन् ।

बुधबार प्रदेश प्रमुख खापुङ्गले सविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा सरकार गठनको आह्वान गरेका थिए ।

खापुङ्गले प्रदेश सरकार गठन गर्न कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते, शुक्रबार अपराह्न ५ः ०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् ।

दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा संकल्प प्रस्तावले उनी अल्पमतमा परेको ठहरका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ ।

प्रदेश - १ प्रदेश समाचार राजनीति समाचार