कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो २ बजे संसद् भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने जनाइएको छ ।

बजेट अधिवेशनको पहिलो बैठक यही वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दैछ ।

राजनीति समाचार