हेटौंडामा एक वृद्ध मृत अवस्थामा फेला

मकवानपुरको हेटौंडामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका–१२, दोङटोल बस्ने अन्दाजी ८५ वर्षीय अमृत बहादुर सिङतान मृत अवस्थामा फेला परेका हुन् ।

उनी आफ्नै घरको चोटाको डाँडा/भाटामा पटुकाको पासो लगाएर झुण्डिएको अवस्थामा बुधबार मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीले उक्त घटनाको बारेमा थप अनुसन्धान कार्य गरिरहेको छ ।

समाचार समाज स्थानीय