हेटौंडाबाट दुई जना पक्राउ

। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध गाँजासहित मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.१ सानो भाबर बस्ने बर्ष–१९ को बिजय तामाङ र रौतहट बृन्दाबन नगरपालिका वडा नं.१ बस्ने बर्ष–३५ को धर्मेन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई ५ किलोग्राम लागुऔषध गाजाँसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, चितवनबाट वीरगञ्जतर्फ जादै गरेको ना.६ख ३५५७ नम्बरको बसलाई रोकेर चेकजाँच गर्दा उक्त बसमा सवार तामाङ र ठाकुरको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

समाचार समाज स्थानीय