हेटौंडामा आजबाट प्रदेशस्तरीय युवा सम्मेलन हुँदै

बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले आजबाट दोस्रो संस्करणको प्रदेश युवा सम्मेलनको आयोजना गर्न लागेको हो ।

युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउँदै नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले उक्त सम्मेलनको आयोजना गर्न लागेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।

उक्त सम्मेलन आजबाट तीन दिनसम्म संचालन हुनेछ ।

प्रदेशका १३ जिल्लाका युवाको सहभागितामा हुन लागेको सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, वहस, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलापको आयोजना हुनेछ ।

मुख्य समाचार राजनीति समाचार