पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य

हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी पेट्रोलमा प्रतिलिटर ७ र डिजेल र मट्टितेलमा ५ रुपैयाँले मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकोले मूल्य घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसंगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१।५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

समाचार समाज स्थानीय