सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिनका लागि आज बिहान सवा १० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
प्रदेश सभा सचिवालयले यसअघि वैशाख २१ र २२ गते दुई पटक विश्वासको मत लिन बैठक बोलाएको थियो । तर सत्तारुढ दल नेकपा एमालेले मुख्यमन्त्रीले तत्काल विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक नबसेरै स्थगित भएको थियो ।
अहिले भने एमालेले सोडारीलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने रणनीति लिएको छ ।

प्रदेश समाचार राजनीति समाचार सुदूरपश्चिम प्रदेश